Dhulikhel Eco Banner new

शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.81K
shares

काठमाडौं, ४ चैत । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.१४ अंकले घटेर २,७०४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ५ अर्ब ४० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.६३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन घलेम्दी हाइड्रोका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले गुमाएका छन् भने बिशाल बजार कम्पनीले ३.७३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ३.४४ प्रतिशतका दरले गुमाएका छन् भने विन लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।