Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.11K
shares

काठमाडौं, ५ चैत । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.६६ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ४ अर्ब ३४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९।९६ प्रतिशतका दरले बढेको छ ।

यसदिन हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् भुगोल इनर्जीका लगानीकर्ताले ७.२८ प्रतिशतका दरले कमाएका छन्

त्यसैगरी पाचथर पावरका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले कमाएका छन् भने धौलागिरी लघुवित्तका लगानकिर्ताले ३.७८ प्रतिशतका दरले कमाएका छन् ।