Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १८३ कम्पनीको शेयर मूल्य घट्यो

3.2K
shares

काठमाडौं, ६ चैत । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.१८ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ५ अर्ब १४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.३९ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.२० प्रतिशतका दरले गुमाएका छन् ।