शेयर बजारमा ४ अर्ब ५६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ चैत ७ बिहीवार १५:२४
2.72K
shares
shares

काठमाडौं, ७ चैत । शेयर बजारमा ४ अर्ब ५६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड २१ लाखको शेयर भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाखको कारोबार भएको छ भने सिन्धु विकास बैंकको १६ करोड ६४ लाखको कारोबार भएको छ ।
त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २३ लाखको कारोबार भएको छ भने घलेम्दी हाइड्रोपावरका १३ करोड ६ लाखको कारोबार भएको छ ।



















