Dhulikhel Eco Banner new

फागुन मसान्तसम्ममा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात

2.38K
shares

काठमाडौं, ९ चैत । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा स्मार्ट फोन आयात बढेको हो ।

चालु वर्षको ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो ।

स्मार्ट फोन आयात बढ्दा राजस्व संकलन पनि बढेको छ । गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको थियो । चालु वर्षको यस अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।