Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.33K
shares

काठमाडौं, १९ चैत । मंगलवार शेयर बजारमा दोहारो अंकले घटेको छ । शेयर बजार १५.५७ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन बिसाल बजार कम्पनीका लगानीकर्ताले ४.५३ प्रतिशतका दरले कमाएका छन् भने राधि विद्युतका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सयपत्री विद्युतका लगानीकर्ताले ४.२१ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन पूर्वाधारका लगानीकर्ताले ३.५६ प्रतिशतका दरले कमाएका छन् ।