शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ चैत १९ मंगलवार १५:४२
shares

काठमाडौं, १९ चैत । मंगलवार शेयर बजारमा दोहारो अंकले घटेको छ । शेयर बजार १५.५७ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.९६ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन छ्याङदी जलविद्युतका लगानीकर्ताले ४.३६ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानकिर्ताले ४.०५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी दोर्दीखोला जलविद्युतका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी म्युचुअल फण्डका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका छन् ।



















