Dhulikhel Eco Banner new

प्याब्सनले शेरबहादुर देउवासँग शिक्षा विधेयकका लागि सुधारका माग

3.85K
shares

काठमाडौं, २३ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय समितिले शनिवार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । यस अवसरमा प्याब्सनले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा निजी विद्यालयहरूको पक्षमा केही महत्वपूर्ण सुधारका प्रस्ताव समेत प्रस्तुत गरेको हो ।

प्याब्सनको केन्द्रीय समिति अध्यक्ष कृष्ण अधिकारीले भेटवार्ता पछि बताएका अनुसार, भेटमा प्रमुख रूपमा निजी विद्यालयहरूलाई सम्बोधन गर्ने विषयहरूमा ध्यान केन्द्रित गरियो । तीमध्ये प्रमुख प्रस्तावहरूमा निजी विद्यालयहरूको सञ्चालनका लागि पूर्ववत् व्यवस्था कायम राख्ने, प्राविधिक शिक्षा अध्ययनका लागि सहज स्वीकृति प्रक्रिया, नेपाली वा अङ्ग्रेजी भाषामा सामाजिक अध्ययनको पढाइको स्वैच्छिक विकल्प, निजी शिक्षण संस्थाहरूलाई भन्सार महसुल छुट, र उच्च शिक्षाका लागि नेपाललाई शैक्षिक गन्तव्यको रूपमा विकास गर्नुपर्ने विषयहरू समावेश छन् ।

अध्यक्ष अधिकारीले भने, “यस भेटवार्ताले विधेयक निर्माणको संवैधानिक प्रक्रियामा निजी विद्यालयहरूको आवाजलाई समावेश गर्न हामी निरन्तर प्रयासरत छौं। आजको भेट अत्यन्त फलदायी र सकारात्मक भएको छ।”

त्यसैगरी, प्याब्सनले निजी विद्यालयहरूको संस्थागत विकासका लागि सरल ऋण प्रवाह गर्ने व्यवस्था र राष्ट्रिय पाठ्यक्रम र परीक्षा बाहेक अन्य विषयमा स्वायत्तता प्रदान गर्ने माग पनि राखेको छ ।