Dhulikhel Eco Banner new

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

2.95K
shares

काठमाडौं, ३१ चैत । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको हो।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६५ रूपैयाँ निर्धारण गरेको छ। यसमा आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिने बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले चैत ३१ गतेदेखि आगामी वैशाख ८ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। आवेदन फाराम डिल्लीबजार बाटुलेघरस्थित सिटिजन्स क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न सकिनेछ।