शेयर बजारमा १५७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ चैत ३१ आइतवार १५:२०
shares

काठमाडौं, ३१ चैत । आइतवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ८.८४ अंकले घटेर २,६६१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २८ करोडको कारोबार भएको हो ।
शेयर बजारमा विन नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने बलेफि जलविद्युतका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ७.२० प्रतिशतका दरले गुमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.४७ प्रतिशतका दरले गुमाएका छन् ।



















