Dhulikhel Eco Banner new

शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.51K
shares

काठमाडौं, २ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २६.५५ अंकले बढेर २,६८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ५४ करोडको कारोबार भएको हो ।

दोहोरा अंकले बढेको शेयर बजारमा विन नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन विन लघुवित्तका लगानीकर्ताले ६.१७ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल स्टेबल फन्डका लगानकिर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, आतमनिर्भर लघुवित्तका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले गुमाएका छन् भने अपर सोलु जलविद्युतका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले गुमाएका छन् ।