शेयर बजारमा ८ अर्ब ५४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ वैशाख २ मंगलवार १५:३२
2.99K
shares
shares

काठमाडौं, २ वैशाख । शेयर बजारमा ८ अर्ब ५४ करोडको कारोबार हुँदा बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २ अर्ब १ करोड २९ लाख रुपैयाँ भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड २२ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको ३६ करोड २२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी सीईडीबी होल्डिङ्सको ३२ करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३१ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।



















