Dhulikhel Eco Banner new

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोकियो

6.06K
shares

काठमाडौं, २ असार । ग्लोबल आइएमई बैंक र बैंक आफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीहरुले बिहीबार विहान मर्जरमा जाने सहमति गरेका छन् ।

बिहीबार होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मर्जर सम्झौतामा हस्ताक्षर समेत भएपछि शेयर कारोबार रोक्का भएको हो । नेपाल स्टक एक्सचेञ्जले केहीबेर गरी सूचना निकाल्दै दुबै बैंकको शेयर कारोबार रोक्का भएको जानकारी दिएको छ ।

दुई बैंकहरु १ बराबर स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन् । मर्जर पछि बैंकको नाम ग्लोबल आइएमई बीओके लिमिटेड रहने सहमति भएको छ ।

मर्जर पछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल नै हुनेछन् भने सीईओमा रत्नराज बज्राचार्य नै हुनेछन् । ढकाल अहिले पनि ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् भने राष्ट्र बैंकबाट अवकास प्राप्त बज्राचार्य पनि ग्लोबल आइएमईकै सीईओको रुपमा कार्यरत छन् ।