Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै घट्यो

2.28K
shares

काठमाडौं, ४ वैशाख । पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै घटेको छ । राष्ट्र बैंकको चैत २९ गते र ३० गतेको तथ्यांकअनुसार बैंकिङ निक्षेपमा एकदिनमा १ अर्बको गिरावट देखिएको हो ।

तथ्यांकअनुसार चैत २९ गते बैंकिङ प्रणालीमा ६८ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ६८ खर्ब ३० अर्ब संकलन भएको छ । त्यस समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि १ अर्बको गिरावट देखिएको छ ।

समिक्षा अवधिमा बैंकिङ प्रणालीको कर्जा प्रवाहमा पनि सामान्य घटेको देखिएको छ । सो अवधिमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जामा ३ अर्बले घटेको हो । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा २ अर्बले घटेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडि रेसियो ७९.४० प्रतिशत रहेको छ ।