Dhulikhel Eco Banner new

नेपाल बैंकले ९ महिनामै कमायो २ अर्ब ७८ करोड नाफा

3.38K
shares

काठमाडौं, ७ वैशाख । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०३२.८० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १३ करोड खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा ( लाभांश क्षमता) गत वर्ष करीब १ अर्ब ऋणात्मक रहेकोमा चालू आवमा १ अर्ब २७ करोड धनात्मक पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ।

त्यस्तै बैंकको सञ्चालन नाफा पनि ५८ करोडबाट बढेर एकैचोटी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज र कुल सञ्चालन आम्दानी भने सामान्य बढेर क्रमशः ७ करोड १० लाख  र ८ करोड ५६ लाख नाघेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ।