वैशाख लागेसँगै बैंकिङ निक्षेपमा गिरावट
वि.सं.२०८२ वैशाख ८ सोमवार १२:४१
shares

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकको वैशाख १ र २ गतेको तथ्यांकले बैंकिङ प्रणालीको निक्षेप र कर्जा लगानी दुवैमा भारी गिरावट आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट वैशाख २ गते एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सो समयमा बैंकहरुको कर्जा लगानी पनि २० अर्बले घटेको छ।
बैंकको तथ्यांकअनुसार वैशाख २ गते एकै दिन निक्षेप र कर्जा लगानी २०/२० अर्बले घटेको हो । वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६८ खर्ब ३६ अर्बमा सिमित भएको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ६८ अर्ब ५६ रुपैयाँ थियो।
यसैगरी वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी घटेर ५५ खर्ब १२ अर्बमा झरेको छ । १ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ३२ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार सो समयमा सीडी रेसियो घटेर ७९.४२ प्रतिशत र अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।



















