Dhulikhel Eco Banner new

चालू आर्थिक वर्षको ९ महिनामा ५८ करोडको लेज र कुर्कुरे आयात

3.54K
shares

काठमाडौं, ९ वैशाख । नेपालमा चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ५८ करोड रुपैयाँ बराबरको लेज तथा कुर्कुरे आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ५८ करोड रुपैयाँ बराबरको लेज, कुर्कुरे र चीज बल आयात भएको हो ।

सो अवधिमा ५८ करोड २७ लाख १७ हजार रुपैयाँको १०६७२२६ किलो लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

उक्त परिमाणको लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात हुँदा ३६ करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।