Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.56K
shares

काठमाडौं, १० वैशाख । बुधवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३२.४४ अंकले घटेर २,६५५ बिन्दुमा कायम भएको छ ।

राताम्य भएको शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ५७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन राधी विद्युत कम्पनीका लगानीकर्ताले ३.८० प्रतिशतका दरले कमाएका छन् भने सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले २.६४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतका दरले कमाएका छन् ।