Dhulikhel Eco Banner new

उच्च अंकले घट्यो शेयर बजार, २१७ कम्पनीको शेयर मूल्य घट्यो

3.43K
shares

काठमाडौं, १० वैशाख । बुधवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३२.४४ अंकले घटेर २,६५५ बिन्दुमा कायम भएको छ ।

राताम्य भएको शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ५७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।