Dhulikhel Eco Banner new

शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.83K
shares

काठमाडौं, १० वैशाख । बुधवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३२.४४ अंकले घटेर २,६५५ बिन्दुमा कायम भएको छ ।

राताम्य भएको शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ५७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन मकर जितुमाया सुर िजलविद्युतका लगानीकर्ताले ५.५९ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ५.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, सिन्धु विकास बै.कका लगानीकर्ताले ५.०४ प्रतिशतका दरले गुमाएका छन् भने सुपर मादी जलविद्युतका लगानीकर्ताले ४.८३ प्रतिशतका दरले गुमाएका छन् ।