शेयर बजार दोहोरो अंकले गिरावट, १८८ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:०६
shares

काठमाडौं, १६ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.६४ अंकले घटेर २,६३५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै मध्य भोटेकोशी जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।



















