Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.19K
shares

काठमाडौं, १६ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.६४ अंकले घटेर २,६३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने राधी जलविद्युतका लगानीकर्ताले ७.४३ प्रतिशतका दरले कमाएका छन् ।त्यसैगरी, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ५.२७ प्रतिशतका दरले कमाएका छन्