शेयर बजारमा १८८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:२३
shares

काठमाडौं, १६ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १५.०८ अंकले घटेर २,६३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.८८ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन भुहरित विकास बैंकका लगानीकर्ताले ७.७६ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका छन् । ग्रीनलाइफ हाइड्रोपावर ग्रीनलाइफ हाइड्रोपावर ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ४.०६ प्रतिशतका दरले गुमाएका छन् ।



















