यस्तो छ शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८२ वैशाख १९ शुक्रवार ०९:५७
shares

काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको हो।
युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरीददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरीददर १६३ रुपैयाँ २१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरीददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरीददर १०३ रुपैयाँ १५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरीददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरीददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ।

















