सामान्य अंकले बढ्यो शेयर बजार, १२६ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ वैशाख २३ मंगलवार १५:१०
3.28K
shares
shares

काठमाडौं, २३ वैशाख । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.०३ अंकले बढेर २,६१४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ८ अर्ब ७४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















