यस्तो छ बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८२ वैशाख २४ बुधवार ०९:४३
shares

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा तोकेको छ ।

















