Dhulikhel Eco Banner new

बुधवार १० औं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

2.39K
shares

काठमाडौं, २४ वैशाख । बुधवार १० औं राष्ट्रिय पत्रकारिता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। गोरखापत्रको प्रकाशन शुरू भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते पत्रकारिता दिवस मनाउने गरिन्छ।

विक्रम संवत १९५८ सालमा यही दिन साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन शुरू भएको थियो। त्यसको आधारमा सरकारले २०७३ सालदेखि पत्रकारिता दिवसलाई राष्ट्रिय मान्यता दिएको हो।

यस दिन ‘विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी पत्रकारिता दिवस मनाइँदै छ।

आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो विशेष समारोह हुने र त्यसमा दुई जनालाई वरिष्ठ पत्रकार र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। वरिष्ठ पत्रकार सम्मानमा दुई लाख र कदरपत्र प्रदान गरिनेछ भने राष्ट्रिय पत्रकारिता पुरस्कारमा एक लाख र कदरपत्र समावेश छ।

यसैगरी गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश र संस्थानको ६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गर्दैछ।