विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत
वि.सं.२०८२ जेठ २ शुक्रवार ११:५६
2.48K
shares
shares

काठमाडौं, २ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ।
कम्पनीले केही समयअघि सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड गरेको ५१ हजार २९५.५० कित्ता शेयर सूचीकृत भएको हो।
एफपीओ डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ। बिहीबार यस कम्पनीको प्रतिकित्ता शेयरमूल्य २ हजार ४७५ रूपैयाँमा कायम भएको छ।

















