एकैदिन प्रतितोला ३ हजारले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ २ शुक्रवार ११:३०
3.28K
shares
shares

काठमाडौं, २ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य उच्च दरले बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीवार तोलामा १ लाख ८१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ३ हजारले बढेर तोलामा १ लाख ८४ हजार ८ सयमा कायम भएको छ ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ९४५ रुपौयाँमा कायम भएको छ ।
















