लायन्स डिष्ट्रिक्ट ३२५ एचका गभर्नर प्रधानले घोषणा गरे क्याबिनेट अफिसर
वि.सं.२०८२ जेठ ३ शनिवार २२:२०
shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एचको २०२५–२०२६ का लागि क्याविनेट अफिसर घोषणा भएको छ । शनिबार काठमाडौंमा आयोजित भव्य समारोहकाबीच डिष्ट्रिक्ट ३२५ एचका गभर्नर रबीन्द्र बहादुर प्रधानले आफ्नो नेतृत्वमा रहने क्याविनेट अफिसर घोषणा गरेका हुन् ।
गत वैशाख २० मा सम्पन्न तेस्रो महाधिवेशनबाट गभर्नरमा प्रधानसहित प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा उद्धव सिलवाल र द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरमा सुदामा कार्की निर्वाचित भएका थिए ।
डिष्ट्रिक्ट गभर्नर प्रधानले उक्त महाधिवेशनमा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन रति श्रेष्ठ र डिष्ट्रिक्ट क्याबिनेट ट्रेजररमा लायन सुरेश चन्द्र वैद्यलाई मनोनयन गरेका थिए ।
अफिसरहरुको घोषणा कार्यक्रममा उनले सल्लाहकारहरु, ब्राण्ड अम्बेसडरहरु, चिफ डिष्ट्रिक्ट एडभाइजर, क्लस्टर चिफहरु, एरिया को–अर्डिनेटरहरु, रिजन चेयरपर्सनहरु, जोन चेयर पर्सनहरु, विभिन्न कमिटीका चेयरपर्सनहरुको नाम घोषणा गरे ।
कार्यक्रममा गभर्नर प्रधानले वर्ष २०२५–२०२६ मा सम्पन्न गरिने प्रमुख कार्यक्रमहरु तथा रणनीतिक योजनाहरुको बारेमा पावरप्वाईन्ट मार्फत प्रस्तुतिकरण गरेका थिए । प्रधानले वर्ष २०२५–२०२६ का लागि Spreading Happiness Through Service (सेवा मार्फत खुशी फैलाउँदै) लाई आफ्नो नारा बनाएका छन् । वर्ष २०२४–२०२५ का डिष्ट्रिक्ट गभर्नर लायन विमल कुमार होडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन उद्धव सिलवालले धन्यवाद ज्ञापन गरेका थिए ।

















