Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

2.61K
shares

काठमाडौं, ११ जेठ । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार तोलामा १ लाख ९० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार १ हजार ३ सयले बढेर प्रतितोला १ लाख ९१ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार सोहि मूल्यमा कायम भएको छ ।