Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, १५५ कम्पनीको शेयर मूल्य घट्यो

4.03K
shares

काठमाडौं, १२ जेठ । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.२१ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।