Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.06K
shares

काठमाडौं, १२ जेठ । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.२१ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन १०.३५ प्रतिशत कृषि बैंक ऋणपत्रका लगानीकर्ताले ४.९८ प्रतिशतका दरले कमाएका छन् भने १० प्रतिशत एनआइएमबि ऋणपत्र २०९० का लगानीकर्ताले ३.९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी बोटर्लस बालाजुका लगानीकर्ताले ३.८८प्रतिशतका दरले कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतका दरले कमाएका छन् ।