Dhulikhel Eco Banner new

शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.35K
shares

काठमाडौं, १२ जेठ । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.२१ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५८ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन बाराही हाइड्रोपावरका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी अभियान लघुवित्तका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् भने नाडेप लघुवित्तका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् ।