सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ १३ मंगलवार १०:५३
2.59K
shares
shares

काठमाडौं, १३ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोमवार तोलामा १ लाख ९१ हजार १ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार २ सयले घटेर प्रतितोला १ लाख ९० हजार ९ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । सोमवार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा कायम भएको छ ।

















