Dhulikhel Eco Banner new

नेपालमा १० महिनामा ६४ करोडको कोदो आयात

2.78K
shares

काठमाडौं, १३ जेठ । नेपालमा चालु आर्थिक वर्षको १० महिनामा ६४ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ६४ करोड ३५ लाख २८ हजार रुपैयाँको १२८६०.२७ मेट्रिक टन कोदो आयात भएको हो।

यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ । यस्तै ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १२८६.२० मेट्रिक टन अन्य कोदो आयात भएको छ ।

सो परिमाणमा कोदो आयात हुँदा ४ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।