Dhulikhel Eco Banner new

इमामीले नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान सुरु

3.21K
shares

काठमाडौं, १३ जेठ । भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले नेपालमा ‘नवरत्न बीट मसाज २०२५’अभियान सुरु गरेको छ। ७० दिनसम्म सञ्चालन हुने यस अभियानको उद्देश्य उपभोक्तालाई प्रत्यक्ष अनुभवमार्फत नवरत्न तेलको शीतलता र तनाव निवारणको प्रभाव बुझाउने हो।

अभियान जेठ ११ गतेदेखि साउन १७ गतेसम्म तराईका २४ जिल्लामा केन्द्रित रहनेछ। कम्पनीका अनुसार, यस अवधिमा ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको हेड मसाज प्रदान गरिनेछ।

अभियानमा खटिएका दुई टोलीहरूले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्दै ‘२–मिनेट च्यालेन्ज’, ‘कूल कूल पर्फमेन्स’ लगायतका अन्तरक्रियात्मक कार्यक्रममार्फत उपभोक्तालाई ब्रान्ड अनुभव गराउनेछन्। साथै, सार्वजनिक घोषणाहरू र सवारी साधन ब्रान्डिङजस्ता विविध माध्यमहरू प्रयोग गरिनेछ।

कम्पनीले यो अभियानबाट ६० हजार भन्दा बढी उपभोक्तासम्म पुग्ने अपेक्षा गरेको छ। यसमध्ये १२ हजार जना उपभोक्तालाई प्रत्यक्ष ‘वेट स्याम्पलिङ’ (हेड मसाज) र ३० हजार भन्दा बढीलाई ‘ड्राइ स्याम्पलिङ’ (स्यासे वितरण) गरिनेछ।

इमामी लिमिटेडका नवरत्न तेल ब्रान्ड म्यानेजर बिकास तिवारीले भने, “नवरत्न बीट मसाज २०२५ मार्फत हामी उपभोक्तालाई याद गराउन चाहन्छौं कि राहत र ताजगी केवल दुई मिनेट टाढा छ। हामी विश्वास गर्छौं कि यो प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली परिवारमा विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा स्थापित गर्न सहयोग गर्नेछ।”