प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ २२ बिहीवार १०:४१
2.68K
shares
shares

काठमाडौं, २२ जेठ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार तोलामा १ लाख ९३ हजार २ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ५ सयले बढेर प्रतितोला १ लाख ९३ हजार ७ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार पनि सोहि मूल्यमा कायम भएको छ ।

















