सुनको मूल्य स्थिर, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ २३ शुक्रवार ११:०४
2.6K
shares
shares

काठमाडौं, २३ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । बिहीवार तोलामा १ लाख ९३ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।














