प्रभुको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’मा आवेदन खुल्यो
वि.सं.२०८२ जेठ २३ शुक्रवार ११:०७
shares

काठमाडौं, २३ जेठ । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ शुक्रवारदेखि सार्वजनिक निष्कासनमा ल्याएको छ। खुलामुखी प्रकृतिको यो म्युचुअल फण्ड स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।
कुल ४ करोड इकाईमध्ये ३०–३० लाख इकाई प्रभु बैंक र प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानी गर्न इच्छुक व्यक्तिहरूले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन्। तर यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन दिने अवधि असार ६ गतेसम्म लम्बिन सक्नेछ।
यस स्किमको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड स्वयं रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ुमेरो शेयरु प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
कोष प्रबर्धक प्रभु बैंकलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ र योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एएमसी क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले स्किमको व्यवस्थापन क्षमता तथा कोषको विश्वसनीयतामा सकारात्मक संकेत दिएको बताइएको छ।














