छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन खुला
वि.सं.२०८२ जेठ २३ शुक्रवार ११:१४
shares

काठमाडौं, २३ जेठ । छ्याङ्दी हाइड्रोपावर लिमिटेड
को शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ दरमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
यस हकप्रद शेयर निष्कासनबाट कम्पनीले कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ पूँजी संकलन गर्नेछ। हकप्रद निष्कासनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म शेयरधनी सूचीमा नाम भएका लगानीकर्ताहरूले मात्र आवेदन दिन सक्नेछन्।
आवेदन दिने म्याद असार १२ गतेसम्म कायम गरिएको छ। यस निष्कासनको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हाल छ्याङ्दी हाइड्रोपावर लिमिटेडको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी दोब्बर वृद्धि भएर ७७ करोड ३९ लाख ५५ हजार रूपैयाँ पुग्नेछ।














