Dhulikhel Eco Banner new

लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टरमा लम्साल भारी मतान्तरले विजयी

2.38K
shares

काठमाडौं, २५ जेठ । लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय डाइरेक्टरमा राजन लम्साल निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको शनिबार सम्पन्न राष्ट्रिय महाधिवेशनबाट अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीमा लम्सालले भारी मतले विजयी भएका हुन् ।

शनिबार सम्पन्न मतदानमा कुल २ हजार ६० मत खसेकोमा १ हजार ९१८ मत सदर भएका थिए । ती मध्ये लम्सालले १ हजार २८७ मत प्राप्त गर्दै प्रतिस्पर्धी खगेन्द्र सिटौलालाई स्पष्ट ७५६ मतले पछि पार्दै शानदार विजय हासिल गरेका हुन् ।

उनका प्रतिष्पर्धी सिटौलाले जम्मा ५३१ मत मात्र प्राप्त गरे । मत परिणामले लम्सालप्रति व्यापक समर्थन र विश्वास प्रतिबिम्बित गरेको देखिएको छ ।

लम्सालको यो जितले नेपाललाई अन्तर्राष्ट्रिय लायन्स नेतृत्वमा थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।