Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

1.9K
shares

काठमाडौं, २५ जेठ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।