Dhulikhel Eco Banner new

इन्फिनिटी लघुवित्तको सिइओमा पन्त नियुक्त

2.17K
shares

काठमाडौं, २५ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्।

कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ। उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन्।