समाज र ग्रामीण विकास लघुवित्त मर्जरमा राष्ट्र बैंकको सैद्धान्तिक सहमति
वि.सं.२०८२ जेठ २५ आइतवार ११:१५
shares

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ।
केन्द्रीय बैंकले दुवै लघुवित्तलाई आपसमा मर्ज गर्न बिहीवार सैद्धान्तिक सहमति दिएको हो। यसअघि, यी दुई संस्थाले फागुन १७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ भने ग्रामीण विकास लघुवित्तको मुख्यालय बुटवलमा छ। मर्जरपछि नयाँ संस्थाको नाम, मुख्य कार्यालय स्थान, नेतृत्व संरचना तथा शेयर अनुपात सम्बन्धी विस्तृत विवरण अझै तय गरिएको छैन।
राष्ट्र बैंकको सैद्धान्तिक सहमतिपछि अब दुवै कम्पनीले नियामक निकायका अन्य प्रक्रिया पूरा गर्दै अन्तिम मर्जर सम्झौता र शेयर स्वामित्व अनुपात निर्धारणको काम अघि बढाउनेछन्।









