Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, १९१ कम्पनीको शेयर मूल्यमा वृद्धि

2.9K
shares

काठमाडौं, २६ जेठ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.२९ अंकले बढेर २,६५७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ८ अर्ब ६८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा बुटवल पावर, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, डोल्टी पावर र विन्दवासीनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.६१ प्रतिशतका दरले गुमाएका छन् ।