Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.39K
shares

काठमाडौं, २७ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २५.०७ अंकले बढेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन समृद्धि फाइनान्सका लगानीकर्ताले ८.३८ प्रतिशतका दरले कमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी,रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् भने जोशी जलविद्युत विकास कम्पनीका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले कमाएका छन् ।