Dhulikhel Eco Banner new

शेयर बजारमा ५२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.51K
shares

काठमाडौं, २७ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २५.०७ अंकले बढेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा रावा इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.१४ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले ४.१० प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, एनआइबिएल स्टेबल फण्डका लगानीकर्ताले ३.२५ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले २.६४ प्रतिशतका दरले गुमाएका छन् ।