Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, १९६ कम्पनीको शेयर मूल्य बढ्यो

2.56K
shares

काठमाडौं, २७ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २५.०७ अंकले बढेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, रावा इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.१४ प्रतिशतका दरले गुमाएका छन् ।