Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.39K
shares

काठमाडौं, २८ जेठ । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.२८ अंकले बढेर २,६७८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब ९० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा बुटवल पावर कम्पनी,पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यसैगरी, रिभर फल्स पावरका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका छन् भने श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका छन् ।